नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भुसाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्।
शर्मा वरिष्ठ उपसभापति र भुसाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएका हुन्। उम्मेदवारी दर्ताको समय २०८३ असोज २० गते मंगलबार साँझ ७ बजेसम्म तोकिएको थियो। निर्धारित समयभित्र अन्य उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध भएका हुन्।
पार्टीको संशोधित विधानअनुसार यस महाधिवेशनबाट वरिष्ठ उपसभापति र महिला उपसभापति पद सिर्जना गरिएको हो। संशोधित विधानले चार उपसभापतिमध्ये एक पद महिलाका लागि अनिवार्य गरेको छ। यसअघि शर्मा र भुसाल दुवै विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए।
निर्वाचन समितिले उनीहरुको निर्विरोध निर्वाचनको औपचारिक घोषणा गर्न बाँकी छ।
महाधिवेशनमा अन्य पदहरूका लागि मतदान प्रक्रिया जारी छ। सभापति, अन्य उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदका लागि २०८३ असोज २१ गते बुधबार मतदान हुनेछ।
