मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

चार दिनमा १५ को मृत्यु, १२८४ को उद्धार: देशभर विपद्को चपेटा

देशभर बाढी, पहिरो र डुबानले चार दिनमा १५ जनाको ज्यान लिएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार १२८४ जनाको उद्धार गरिएको छ। चार जना घाइतेको उपचार भइरहेको छ।
Sanjay Karki
Sanjay Karki
27 September 2026, 6:02 pm १ मिनेट पढाइ
आकार:
विपद् बाट मृत्यु
Share:

देशभर बाढी, पहिरो र डुबानले चार दिनमा १५ जनाको ज्यान लिएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले दिएको जानकारी अनुसार बागमतीमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र मधेसमा एक जनाको मृत्यु भएको छ।

विपद्का घटनामा चार जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाढी, पहिरो तथा डुबानमा परेका १२८४ जनाको उद्धार गरिएको छ।

सुरक्षा निकाय र स्थानीयको समन्वयमा जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोमा पुरिएका धनमाल निकाल्ने काम पनि भइरहेको प्रवक्ता काफ्लेले बताए।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार