मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

एमालेका मनोनीत केन्द्रीय सदस्यले सपथ लिए, ओलीले दिए ‘धक्का’ बाट माथि उठ्ने सन्देश

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई सपथ ग्रहण गराएका छन्। उनले पार्टीलाई अहिलेको धक्काबाट माथि उठाउन आह्वान गरे।
Sanjay Karki
Sanjay Karki
2 October 2026, 8:08 am १ मिनेट पढाइ
आकार:
एमालेका मनोनीत केन्द्रीय सदस्यले सपथ लिए, ओलीले दिए 'धक्का' बाट माथि उठ्ने सन्देश
Share:

अपडेट (17:25, 2026-10-02)

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत ३३ जना केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराएका छन्। यसअघि बिहीबारका लागि तय भएको सपथ ग्रहण झापा विद्रोहका योद्धा तथा वाम नेता घनेन्द्र बस्नेतको निधनका कारण शुक्रबारका लागि सारिएको थियो।

सपथ ग्रहण समारोहमा अध्यक्ष ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सकिने बताए। उनले मुलुकको विकासको अभियानमा अघि बढेको एमालेलाई विकास हुन नदिने तत्वहरूले रोक्ने प्रयास गरेको धारणा राखे। ओलीले नवमनोनीत सदस्यहरूलाई नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाजमा ‘आदर्श व्यक्ति’ को रूपमा स्थापित हुन, गलत आचरण त्याग्न तथा पवित्र, शुद्ध, कम्युनिष्ट शालीनता र विनम्रता प्रस्तुत गर्न आग्रह गरे।

मनोनीत ३३ जना केन्द्रीय सदस्यमध्ये १३ जना अन्य राजनीतिक दलबाट एमालेमा प्रवेश गरेका नेताहरू रहेको पार्टीले जनाएको छ। एमालेको विधानअनुसार केन्द्रीय कमिटीको १० प्रतिशत सदस्य मनोनीत गर्न सकिने व्यवस्था छ।


एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले आज (२०८३ आश्विन १६ गते) दिउँसो ३ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीबाट सपथ लिँदैछन्। पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले यस कार्यक्रमको पुष्टि गरेका छन्।

एमालेको केन्द्रीय कमिटी बैठकले असोज पहिलो साता (असोज ५ देखि ८ गतेसम्म ललितपुरमा) ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो। सोही बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, पूर्व सभामुख देवराज घिमिरे, शिवमाया तुम्वाहाम्फे, लालबाबु पण्डित र थममाया थापासहित सात जना नेतालाई स्थायी कमिटी सदस्यमा चयन गरेको थियो।

मनोनीत केन्द्रीय सदस्यहरूमध्ये मोहम्मद इस्तियाक राई र प्रदीप यादवसहित केही नेता अन्य पार्टीबाट एमालेमा समायोजन भएका हुन्। पार्टीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यक्षपछिको वरीयतामा रहने गरी सम्मानित ‘वरिष्ठ नेता’ बनाउने निर्णय पनि गरेको छ।

सपथ ग्रहणपछि मनोनीत सदस्यहरूलाई विभागीय तथा भौगोलिक जिम्मेवारी बाँडफाँड गरिने एमालेले जनाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार