संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेशमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा स्पष्टीकरण दिएका छन्। राष्ट्रपतिले अध्यादेशका प्रावधानहरूमाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीसँग छलफल गरेकी थिइन्।