नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट फरार भएका कैदी सुनिल श्रेष्ठ सिन्धुपाल्चोकबाट पक्राउ परेका छन्। डाँका चोरी मुद्दामा पाँच वर्ष कैद सजाय भुक्तान गरिरहेका श्रेष्ठलाई प्रहरीले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–९ मुढेबाट पक्राउ गरेको हो। Sanjay Karki·जुन १३, २०२६