मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

रौतहट भन्सारमा स्रोत नखुलेको २.५ लाखसहित दुई भारतीय नागरिक पक्राउ

रौतहटको गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरूको साथबाट चाँदीजस्तो देखिने पायल र मोबाइल फोन पनि बरामद गरिएको छ।
Kamala Devi
Kamala Devi
19 September 2026, 6:02 pm १ मिनेट पढाइ
आकार:
रौतहटमा स्रोत नखुलेको पैसा
Share:

रौतहटको गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

शुक्रबार अपराह्न करिब ३ बजे गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय अगाडि चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०६ एआर ०८०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा माधवनारायण नगरपालिका–७ लौकाहाका २६ वर्षीय सञ्जिव पण्डित र सोही स्थानका १८ वर्षीय रितिक दास छन्। उनीहरूको साथबाट २ लाख ५४ हजार रुपैयाँ, चाँदीजस्तो देखिने २ थान पायल, २ थान मोबाइल फोन तथा मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमले बताए।

भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले चेकजाँच गर्दा उक्त रकमसहित उनीहरू पक्राउ परेका हुन्।

नियन्त्रणमा लिइएका दुवै जनासहित बरामद नगद, सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि रौतहट भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता गौतमले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार