सेनाको हेलिकप्टरले बाढीग्रस्त रसुवाबाट मुटुरोगी बालकको उद्धार गर्यो बाढीले सडक सञ्जाल विच्छेद गरेको रसुवाको उत्तरगयाका १२ वर्षीय मुटुरोगी बालकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ। बालकलाई थप उपचारका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ। Maya Thapa·सेप्टेम्बर १४, २०२६