अर्थ / वाणिज्य म्याग्दीको रेलेखोला जलविद्युत् आयोजना बाढीले बन्द म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित ६ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना बाढीले बन्द भएको छ। असार २८ गतेदेखि आयोजनाको बाँधमा क्षति पुगेपछि विद्युत् उत्पादन रोकिएको छ। बाढीले बाँधसम्म पुग्ने सडक पनि अवरुद्ध पारेको छ। Kamala Devi·जुलाई १५, २०२६