प्रदेश ताप्लेजुङमा ट्याक्टर दुर्घटना: दुई बेपत्ता, खोलाले बगायो ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा ट्याक्टर मैवाखोलामा खस्दा दुई जना बेपत्ता भएका छन्। हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको ट्याक्टर पुलबाट १५ मिटर तल खसेर खोलाले बगाएको थियो। प्रहरीले बेपत्ताको खोजी कार्य जारी राखेको छ। Sanjay Karki·सेप्टेम्बर ७, २०२६