कर्णाली सुर्खेत वनमा लुकाइराखेको अवस्थामा तीन भरुवा बन्दुक बरामद सुर्खेत प्रहरीले बराहताल गाउँपालिकाको शान्ति सामुदायिक वनमा गस्ती गर्ने क्रममा सालको रूखको टोड्कामा लुकाइराखेको अवस्थामा तीन थान भरुवा बन्दुक बरामद गरेको छ। बरामद हतियारबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। Sanjay Karki·अगस्ट ८, २०२६