गण्डकी बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड पहिरोले अवरुद्ध मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो खसेको छ। रघुगंगा गाउँपालिका–२ माथिल्लो बैसरीमा पहिरो जाँदा यातायात पूर्ण रूपमा ठप्प भएको छ। पहिरोमा चारवटा गाडी फसे पनि यात्रुहरूको उद्धार गरिएको छ। Laxmi Bhattarai·मे २६, २०२६