पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर ५५ वर्षीया सीता लामिछानेको मृत्यु भएको छ। शुक्रबार साँझ घरभित्र बसिरहेको अवस्थामा चट्याङले गम्भीर घाइते भएकी उनको प्रदेश अस्पताल पर्वतमा उपचारका क्रममा शनिबार ज्यान गएको हो। Sanjay Karki·अप्रिल २५, २०२६