कर्णाली प्रदेशले संघीय सरकारको सहकार्यमा २० मेगावाटसम्मका जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। 'कर्णालीको पानी–जनताको लगानी' अभियानअन्तर्गत कर्णालीवासीकै सेयर लगानीमा आयोजना बन्नेछन्। डोल्पामा निर्माणाधीन जगदुल्ला-ए लगायतका आयोजना प्रदेश सरकारकै लगानीमा हुनेछन्।