मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

इरानमा बन्धक नेपालीलाई छुटाउन कूटनीतिक पहल: परिवारद्वारा सरकारसँग गुहार

Dristy Mishra
Dristy Mishra
1 April 2026, 11:21 am १ मिनेट पढाइ
आकार:
Share:

काठमाडौँ । इरानको होर्मुज क्षेत्र नजिकैबाट पक्राउ परेका नेपाली नागरिक अमृत झालाई छुटाउन कानुनी र कूटनीतिक प्रक्रिया अघि बढेको छ। उदयपुरका ३३ वर्षीय झालाई इरानी सुरक्षा फौजले नियन्त्रणमा लिएपछि हाल उनी बन्दर अब्बासस्थित जेलमा रहेका छन्।

पछिल्लो जानकारी अनुसार, झा कार्यरत कम्पनी ‘ब्ल्याक सी मरिन एलएलसी’ (Black Sea Marine LLC) ले उनको रिहाइका लागि इरानमा वकिल नियुक्त गरेको छ। सोही वकिल मार्फत अदालतमा अपिल गर्ने प्रक्रिया सुरु भएको छ। झाले केही समयअघि ह्वाट्सएप मार्फत एक भ्वाइस मेसेज पठाउँदै आफू र अन्य भारतीय नागरिकहरूलाई इरानी सेनाले नियन्त्रणमा लिएको जानकारी दिएका थिए।

Dristy Mishra

Dristy Mishra

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार