मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

त्रिशूली अडिट–३ सुरुङबाट ११ शव फेला, सेनाद्वारा हेलिकप्टरमा त्रिशूली ल्याइयो

माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको अडिट–३ सुरुङबाट ११ जनाको शव फेला परेको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत शव त्रिशूली ल्याइएको छ। आयोजनाका विभिन्न सुरुङ र पावर हाउस क्षेत्रमा खोजी कार्य जारी छ।
Sanjay Karki
Sanjay Karki
19 September 2026, 7:02 pm १ मिनेट पढाइ
आकार:
त्रिशूली जलविद्युत आयोजना शव
Share:

माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको अडिट–३ सुरुङबाट ११ जनाको शव नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ।

नेपाली सेना र आयोजनाका प्रतिनिधिहरूको संयुक्त खोजी टोलीले सुरुङभित्र ११ जनाको शव फेला पारेको हो। सेनाका अनुसार आयोजनाको सुरुङभित्र अझै खोजी कार्य जारी छ।

त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङ तथा पावर हाउस क्षेत्रमा पनि खोजी भइरहेको छ। त्रिशूली–३ ‘बी’ आयोजनाको सुरुङ र पावर हाउस क्षेत्रमा समेत सेनाको टोलीले खोजी गरिरहेको छ।

लाङ्गटाङ र चिलिमे जलविद्युत आयोजनामा समेत खोजी गरिएकोमा केही फेला नपरेको सेनाले जनाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार