मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

कर्मचारी सञ्चय कोषको सम्पत्ति ६ खर्ब ४२ अर्ब, नागरिक लगानी कोषको ३ खर्ब १९ अर्ब

पुस मसान्तसम्म कर्मचारी सञ्चय कोषको कुल सम्पत्ति ६ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। नागरिक लगानी कोषको सम्पत्ति सोही अवधिमा ३ खर्ब १९ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।
NM Khabar
NM Khabar
28 May 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
Share:

पुस मसान्तसम्म कर्मचारी सञ्चय कोषको कुल सम्पत्ति तथा दायित्व छ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। सञ्चयकर्ताको सञ्चित रकम पाँच खर्ब ७८ अर्ब छ करोड रुपैयाँ छ। कोषले विभिन्न क्षेत्रमा दुई खर्ब २९ अर्ब ४९ करोड लगानी गरेको छ। तीन खर्ब ८१ अर्ब ६१ करोड कर्जा तथा सापटी प्रदान गरेको छ।

नागरिक लगानी कोषको सम्पत्ति तथा दायित्व तीन खर्ब १९ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। बचतकर्ताको सञ्चित रकम दुई खर्ब ८२ अर्ब ३७ करोड रुपैयाँ छ। कोषले एक खर्ब ९२ अर्ब ९४ करोड लगानी गरेको छ। ९१ अर्ब ५६ करोड कर्जा तथा सापटी प्रदान गरेको छ।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार